Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रवासमा नेपाली

प्रवासमा नेपाली : साउदीमा सात महिनामा १३८ नेपालीको मृत्यु, २० जनाले गरे आत्महत्या

प्रवासमा नेपाली : साउदीमा सात महिनामा १३८ नेपालीको मृत्यु, २० जनाले गरे आत्महत्या

images

इच्छाकामना न्युज

८, श्रावण २०७९
प्रवासमा नेपाली : साउदीमा सात महिनामा १३८ नेपालीको मृत्यु, २० जनाले गरे आत्महत्या
images

साउदी । साउदी अरेबियामा पछिल्लो सात महिनामा मात्रै १३८ नेपालीको मृत्यु भएको छ । २० जनाले आत्महत्या गरेका छन् । नेपाली दूतावासको तथ्यांकअनुसार सन् २०२२ जनावरीदेखि हालसम्म यतिको संख्यामा नेपालीले ज्यान गुमाएका हुन् ।

त्यसमध्ये १२१ वटा मात्रै शव नेपाल पठाइएको छ । बाँकीलाई पठाउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ । यसैबीच दूतावासले नेपाली कामदार र साउदी पुगेका नेपालीलाई आफ्नो सुरक्षाका लागि सचेत रहनसमेत अपिल गरेको छ । दूतावासको आधिकारिक फेसबुकमार्फत सूचना जारी गर्दै कानुनको पालना गर्न र स्वास्थ्यका विषयमा पनि सचेत रहन भनेको हो ।

कम्पनी छोडेर अन्यत्र काम गरी बसेका वा नवीकरण नगरेका नेपाली कामदार स्वदेश फिर्ता हुन चाहेमा अथवा बहीर्गमन भिसाका लागि पनि प्रक्रिया पूरा गर्न दूतावासले आग्रह गरेको छ। साउदीमा हाल कफाला प्रणाली लागू गरे लगत्तै कामदारले यो नियम नबुझी कार्यरत कम्पनी छोड््नाले थप समस्या देखापरेको छ ।

कफाला प्रणाली भनेको रोजगारदाताको अनुमतिबिना देशभित्र प्रवेश गर्न, स्वदेश फर्कन वा काम गर्न अथवा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने प्रणाली हो । यसबारे ज्ञान नहुँदा धेरै कामदार कानुनी झमेलामा पर्ने गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २०:५६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology