Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मनकामना आउने दर्शनार्थी बढ्यो, आजमात्रै २५ सयले केवलकार चढे

मनकामना आउने दर्शनार्थी बढ्यो, आजमात्रै २५ सयले केवलकार चढे

images
मनकामना आउने दर्शनार्थी बढ्यो, आजमात्रै २५ सयले केवलकार चढे
images

कुरिनटार, ४ पुस । गोेरखाको मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माइको मन्दिरमा आउने दर्शनार्थीहरु बढ्दै गएका छन् । कोभिड –१९ को महामारीका कारण ८ महिना बन्द रहेर गत आइतबार देखि खुला गरिएको मन्दिरमा दर्शनर्थाीहरु बढ्दै गएका हुन् । केबलकार सञ्चालनमा आएपछि आज शनिबार दुई हजार पाँच सय जनाले केबलकार चढेका छन् । आइतबारदेखि सञ्चालनमा आएको केबलकारमा यस हप्ता सबै भन्दा बढी दर्शनार्थीहरुले आज केबलकार चढेको मनकामना दर्शन प्रा.लिका कार्यवाहक नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । पहिलो दिन एक हजार जनाले चढेको केबलकार मङ्सिर ३० गते मसान्तको दिन एक हजार आठ सय जनाले चढेका थिए । अन्य दिनको तुलनामा आज सबै भन्दा धेरै जनाले केबलकार चढेका हुन् । स्वास्थ्य मापदण्डको पूर्णपालना सहित केबलकार सञ्चालन गरिरहेको प्रा.लिका कार्यवाहक नायब महाप्रबन्धक शेरचनले बताउनुभयो । गोरखाको शहिद लखन गाउँपालिका स्थित मनकामनाम रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माई दर्शन गर्न जानेहरुक लागि प्रमुख माध्यम मनकामना केबलकार हो । चितवनको इच्छाकामना४ स्थित चेरेसमा बटम स्टेशन रहेको केबलकार नेपालकै पहिलो केबलकार हो । मनकामना मन्दिर र केलबकार सञ्चालनसंगै बटम स्टेशन चेरेसमा रहेको दी मनकामना क्याफे पनि सञ्चालनमा आएका छन् ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १९:५३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology