Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

शिक्षा

धादिङको मझिमटारमा रहेको शंखादेवी मावि शिक्षकहरुका लागि आइसिटि तालिम सुरु

धादिङको मझिमटारमा रहेको शंखादेवी मावि शिक्षकहरुका लागि आइसिटि तालिम सुरु

images

इच्छाकामना न्युज

६, श्रावण २०७९
धादिङको मझिमटारमा रहेको शंखादेवी मावि शिक्षकहरुका लागि आइसिटि तालिम सुरु
images

धादिङ , ६ साउन । शंखादेवी माध्यमिक विद्यालय मझिमटार धादिङमा आज शुक्रबारबाट शिक्षकहरुका लागि आइसिटि तालिम सुरु भएको छ ।

३ हप्तासम्म सञ्चालन हुने तालिममा विद्यालयका शिक्षक, विद्यालय नर्स सहित २३ जनाको सहभागिता रहेको छ । प्रविधिमैत्री कक्षा सञ्चालनमा सहयोग गर्ने उद्देश्यले विद्यालयले तालिम सञ्चालन गरेको शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।

तालिममा आइसिटि शिक्षक विश्वदीप डल्लाकोटीले प्रशिक्षण दिनुहुनेछ । वर्खे बिदाको सदुपयोग र शिक्षकहरुलाई प्रविधिको ज्ञान दिलाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो ।

करिब ५० प्रतिशत चेपाङ विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालय धादिङ जिल्लाकै पहिलो आवासीय विद्यालय हो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७९ शुक्रवार - २३:०३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology