Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चुनावका लागि खर्चको सीमाको दायरा क्षेत्र हेरेर निर्धारण गर्ने गरी छलफल गर्दै आयोग 

चुनावका लागि खर्चको सीमाको दायरा क्षेत्र हेरेर निर्धारण गर्ने गरी छलफल गर्दै आयोग 

इच्छाकामना न्युज

३, श्रावण २०७९
चुनावका लागि खर्चको सीमाको दायरा क्षेत्र हेरेर निर्धारण गर्ने गरी छलफल गर्दै आयोग 

काठमाण्डौ, ३ साउन । निर्वाचन आयोगले चुनावका लागि खर्चको सीमाको दायरा क्षेत्र हेरेर निर्धारण गर्ने गरी छलफल गरिरहेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमा तोकेको आयोगले आगामि सङ्घ र प्रदेशको निर्वाचनका लागि निर्वाचन क्षेत्र र मतदाता तथा भूगोल हेरेर खर्चको सीमा तोक्ने तयारी गरेको हो ।

images

यसअघिको स्थानीय तह निर्वाचनमा आयोगले गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाका उम्मेद्वारको लागि छुट्टाछुट्टै तर एकैस्तरमा खर्च तोकेको थियो । तर, सङ्घ र प्रदेशको निर्वाचनमा भने क्षेत्र अनुसारका उम्मेदवारका लागि फरकफरक सीमा तोकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको पर्यवेक्षण प्रतिवेदनले पनि निर्वाचनको खर्च सीमा बढाउनु पर्ने देखिएको उल्लेख गरेको छ । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०९:५०:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology