Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

पत्रपत्रिका

३०, आषाढ २०७९
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन

काठमाडौं, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । कोर आई थ्री ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ।

images

निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर प्रयोगविहीन बनाउने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाव दिइएको हो। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा सामान किन्न अनुमति दिएर प्रयोग नगराउने निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही गर्न सुझाएको हो।

आयोगले २०७४ सालमा १० करोड ५५ लाख ४० हजार रूपैयाँको हाई स्पिड डिजिटल कलर प्रिन्टर किनेको थियो। साथै ११ करोड २८ लाख रूपैयाँ तिरिएका दुई थान स्प्रिङ डिजिटल मोनोक्रोमसमेत गरी २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाइ मेसिन खरिद गरिएको थियो । ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्। आजको नागरिक दैनिकमा समाचार छ।

 
 
 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०८:२४:०७ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology