Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै 

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै 

images

इच्छाकामना न्युज

२७, आषाढ २०७९
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
images

काठमाण्डौ, २७ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय भएको हो । आजको बैठक वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ।

यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

यस्तै आजको बैठकमा आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पनि छलफल हुने सम्भावना रहेको छ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय समेत गर्ने सम्भावना रहेको पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

यसअघि हिजो बसेको पदाधिकारीसहितको बैठकले शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थामध्ये ११ वटालाई मान्यता दिने निर्णय गरेको थियो।काँग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:५१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology