Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

‘फोनिज युके पत्रकारिता पुरस्कार’ बाट २ पत्रकार पुरस्कृत

‘फोनिज युके पत्रकारिता पुरस्कार’ बाट २ पत्रकार पुरस्कृत

images

इच्छाकामना न्युज

२५, आषाढ २०७९
‘फोनिज युके पत्रकारिता पुरस्कार’ बाट २ पत्रकार पुरस्कृत
images

काठमाण्डौ, २५ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । ‘फोनिज यूके पत्रकारिता सम्मान-२०२२’ बाट काठमाडौं पोष्टकर्मी टीकाराम प्रधान र ‘फोनिज यूके पत्रकारिता पुरस्कार-२०२२’ बाट पत्रकार निलिफा सुब्बालाई पुरस्कृत गरेको हो ।

काठमाडौंमा शुक्रबार भएको एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पत्रकार प्रधान र सुब्बालाई पुरस्कृत गरेका हुन् । सम्मान र पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरुलाई हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

निलिफा धरान निवासी सुब्बा बेलायतबाट प्रसारित बिएसबिएफ गोर्खा रेडियोसँग आबद्ध छन् । उनी फोनिज प्रदेश नम्बर १ को सल्लाहकार पनि हुन् । त्यस्तै कान्तिपुर पब्लिकेशनको अंग्रेजी दैनिक काठमाण्डु पोष्टसँग आबद्ध प्रधान फोनिजका पूर्व केन्द्रीय कोषाध्यक्ष पनि हुन् ।

फोनिज संघीय समितिद्वारा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजातिहरूको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए । विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धि रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पुरस्कारले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २२:२८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology