Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने 

नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने 

images
नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने 
images

काठमाण्डौ, ३ पुस । कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ । कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध  गरेको छ। 
महामारीपछि कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सूचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई  अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुँदै १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् ।
यसरी कुवेत पुग्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने गरेको नेपाली कामदारहरुले बताएका छन् । कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत हुनेछ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०९:०१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology