Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगरको नगरसभा एमालेका जनप्रतिनिधिद्वारा बहिस्कार, मेयरले एकलौटी गरेको आरोप

रत्ननगरको नगरसभा एमालेका जनप्रतिनिधिद्वारा बहिस्कार, मेयरले एकलौटी गरेको आरोप

इच्छाकामना न्युज

२२, आषाढ २०७९
रत्ननगरको नगरसभा एमालेका जनप्रतिनिधिद्वारा बहिस्कार, मेयरले एकलौटी गरेको आरोप

चितवन, २२ असार । नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक बहिस्कार गरेका छन् । असार १० गते भएको सो नगर सभाको पहिलो बैंठकमा सहभागी भएका जनप्रतिनिधिहरुले बुधवार भएको दोस्रो बैठक भने बहिस्कार गरेका हुन ।

images

प्रमुखले योजना तथा बजेट निर्माणमा एकलौटी गरेको भन्दै एमालेबाट उपमेयरमा निर्वाचित यादब प्रसाद पाठक, वडाध्यक्ष तथा वडा सदस्यहरु नगर सभामा उपस्थित भएनन् । पार्टीमै छलफल गरी नगर सभा बहिस्कार गरेको उपमेयर पाठकले बताए ।

उपमेयर पाठकले योजना तथा बजेट निर्माण, विषयगत समिति गठन र रकम भूक्तानी गर्ने प्रक्रिया समेतमा आफ्नो असहमती रहेको बताए । नगर सभामा छलफल हुने योजनाहरुको विषयमा पूर्व छलफल भएन,उनले भने, नगर सभामा साक्षी बस्न जानुको केही अर्थ नभएर बहिस्कार गरेका हौं ।

उपमेयर पाठक अनुपस्थित भएपछि न्यायिक समिति, राजश्व परामर्श समिति र योजना तथा अनुगमन समितिको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले प्रस्तुत गरेका थिए । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले रत्ननगर जनप्रतिनिधिहरुको नगर सभा बहिस्कार गर्ने निर्णयलाई पार्टीले समर्थन गरेको बताए । नगर सभामा आर्थिक बर्ष २०७९÷०८० को नीति,कार्यक्रम तथा बजेट बहुमतले पारित गरिएको छ । नगर सभाले विभिन्न १८बुँदे निर्णय गरेको छ ।

 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १९:४३:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology