Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देवघाटमा वृद्व–वृद्वाहरूलाई सम्मान एवं निशुल्क स्वास्थ्य परिक्षण 

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देवघाटमा वृद्व–वृद्वाहरूलाई सम्मान एवं निशुल्क स्वास्थ्य परिक्षण 

करिश्मा गुरुङ

१८, आषाढ २०७९
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देवघाटमा वृद्व–वृद्वाहरूलाई सम्मान एवं निशुल्क स्वास्थ्य परिक्षण 

देवघाट, १८ असार । तनहुँको देवघाटमा अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा वृद्व–वृद्वाहरूलाई सम्मान एवं निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । देवघाट बचत तथा  ऋण सहकारी संस्था लि. को आयोजना गरिएको सो कार्यक्रम आज गाउँपालिकाको सिटि हल क्यूदीमा सम्पन्न भएको हो । सो  सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सहकारीले करिब ४० जना वृद्व–वृद्वाहरूलाई ५ सय रूपैयाँ नगद सहित सम्मान गरिएको थियो । 

images

291067310_722872105587013_5886607925835765731_n.jpg

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रममा बोल्दैँ यस कार्यक्रमले आफुलाई समेत थप हौसला र प्रेरणा मिलेको बताए। उनले समग्र देवघाट गाउँपालिकाको स्वास्थ्य सेवालाई सबैसँग  समन्वय गरि अगाडी बढ्ने बताए। साथै अध्यक्ष थापाले सहकारीको लागि आफुले गर्नुपर्ने सहयोग सदैव रहने बताउदै  सहकारीलाई अझ थप सफलताको शुभकामना समेत व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि एवं देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले सहकारी दिवसको दिन निकै राम्रो कार्यक्रम गरेर मनाइएको भन्दैँ यस्तो कार्यक्रम यहि ठाउँको स्थानीय सरकारले गर्नुपर्ने ठाउँमा देवघाट बचत तथा ऋण सहकारी गरेकोमा धन्यवाद प्रकट गरे । 

290860403_555691042930109_7244280626567220448_n.jpg

सोही कार्यक्रमका विशिष्ट अतिथि एवं देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पूर्ण बहादुर कुँवरले सहकारीले आयोजना गरिएको यस सम्मान र स्वास्थ्य परिक्षण कार्यक्रम निकै फलदायी राम्रो रहेको बताउदै वडाबाट स्वास्थ क्षेत्रको सेवाको निम्ति सधैं सहयोग रहने बताए।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं  देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्णराज पन्तले देवघाटमा रहेको सहकारीहरू मध्ये देवघाट बचत तथा ऋण सहकारी एउटा राम्रो सहकारीको रूपमा अघि बढेको बताए। सहकारीले उदाहरणीय कार्यक्रमहरूको आयोजना गरेर सहकारीलाई अगाडि बढाएको पन्तले बताए। 

290949730_1031372184178651_2366916456076363701_n.jpg

देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर, कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराई, देवघाट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा केमिकल तथा मेडिकल संघका केन्द्रीय सदस्य महेशराज भट्टराई, देवघाट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती लगाएत उपस्थित रहेको थियोे भने कार्यक्रममा कलेज अफ मेडिकल साईन्सेस लेक्चर निर्मला दाहाल भट्टराई र चिकित्सा सहायक पुरन न्यौपानेले वृद्व–वृद्वाहरूलाई स्वास्थ्य परीक्षण गरेको थियो ।

290886558_1171871683669869_2611987097614109151_n.jpg

साथै कार्यक्रम देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - २०:४५:३६ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology