देवघाट, १७ असार । तनहुँको देवघाटमा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेको छ । देवघाट ५ कालिमाटी स्थित खोम बहादुर मगर घरको पछाडी काठको पुजा कोठामा बिहिवार साँझ करिब ७ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको हो।
घटनाको पारम्भिक अनुसन्धान कार्य पुरा गरी शवलाई चितवनको भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि पठाईएको ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज वरिष्ठ नायव निरीक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए।
सो मृतक खोम बहादुर मगरका श्रीमती सुनिता आलेमगर संगै दुई छोरा र एक छोरी छन्।