Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपालमा हरेक वर्ष सर्पको टोकाइबाट एक हजार जनाको मृत्यु 

नेपालमा हरेक वर्ष सर्पको टोकाइबाट एक हजार जनाको मृत्यु 

इच्छाकामना न्युज

८, आषाढ २०७९
नेपालमा हरेक वर्ष सर्पको टोकाइबाट एक हजार जनाको मृत्यु 

काठमाण्डौ, ८ असार । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमासर्पको टोकाइबाट बर्सेनि एक हजार मानिसको मृत्यु हुने गरेको छ ।राष्ट्रिय विपद् न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार भने गत वर्ष सर्पको डसाईबाट ३७जनाको मृत्यु भएको थियो भने यस वर्षको२ महिनामा ८ जनाको मृत्यु भएको छ ।

images

मनसुन सुरु भएसँगै सर्पको विगविगि सुरु हुने र सर्पको डसाईले मृत्यु हुनेको सङ्ख्या बढ्ने देखिन्छ ।नेपालमा तराईका सबै जिल्ला र केही पहाडी जिल्लामा समेत सर्पको प्रकोप पाइन्छ । सर्पले टोकेपछि समयमा नै उपचार नहुँदा कतिपयको मृत्यु हुने गरेको छ ।

उपचार गर्नु भन्दा सर्पको डसाईबाट नै बच्न विज्ञहरूले सुझाब दिने गरेका छन् । सर्पको डसाईबाट बच्न अँध्यारोमा नहिँड्न, हिँड्नै परे बत्ती बालेर हिड्न, खाली खुट्टा नहिँड्न, भुइँमा नसुत्न, झुल लगाएर मात्रै सुत्न, सुत्नुअघि ओछ्यान राम्रोसँग जाँचेर सुत्न तथा घर वरपर सरसफाइ गर्ने जस्ता साबधानी अपनाउनुपर्नेमा विज्ञहरूको जोड रहेको छ । 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:१३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology