Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

वैदेशिक रोजगार

श्रम गन्तव्य देशहरू थप्ने तयारीमा सरकार

श्रम गन्तव्य देशहरू थप्ने तयारीमा सरकार

images

इच्छाकामना न्युज

८, आषाढ २०७९
श्रम गन्तव्य देशहरू थप्ने तयारीमा सरकार
images

सजना तिमल्सिना, काठमाडौँ, ८ असार । सरकारले श्रम गन्तव्यको देशहरू थप्न लागेको जनाएको छ । विश्वका एक सय १० ओटा देशमा श्रम स्वीकृति लिएर जानसक्ने व्यवस्था गरिए पनि युएइ, कतार, मलेसिया, कोरिया, बहराइन, जोर्डन, इजरायल लगायतका नौ ओटा देशलाई भने श्रम गन्तव्यको रुपमा तोकेको छ । यस बाहेकका देशमा पनि रोजगारीका लागि जाने र अलपत्र पर्ने नेपालीको सङ्ख्या बढ्दै गएपछि सरकारले श्रम गन्तव्यको देशहरू थप्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सहसचिव राजिव पोखरेलले साउदी अरेबिया, सेसेल्स, बेलायत लगायतका देशमा श्रम सम्झौता गर्ने तयारी भइरहेको बताउनुभयो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठ महिनामा मात्रै ५६ हजार ५ सय ७७ जना पुरुष र ५ हजार ७ सय ७२ जना महिलागरि ६२ हजार जनाले विभिन्न मुलुकमा जान श्रम स्वीकृति लिएका छन् । सरकार र विज्ञहरूले पनि श्रम सम्झौता नभएको मुलुकमा नजान आग्रह गर्दै आएका छन् ।

सरकारले तोके बाहेकका देशमा जानकै लागि समस्या हुने, पुगेपछि काम नपाइने, काम पाएपनि श्रम शोषण हुने जस्ता समस्या हुने, एक जना जानकार जीवराम भण्डारीले बताउनुभयो । खाडी मुलुक र मलेसियामा नेपालबाट वार्षिक एक लाखका दरले गइरहेको भए पनि युरोप र अन्य एसियाका देशमा भने हजारका दरले मात्रै श्रमिकहरू गइरहेका सरकारी तथ्याङ्कले देखाएको छ । श्रम स्वीकृति र श्रम सम्झौता नै नभएका देशमा समेत नेपालीहरू रोजगारीका लागि जान थालेपछि सरकारले श्रम गन्तव्य मुलुक बढाउने गृहकार्य गरिरहेको हो ।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०९:०२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology