१) गाउँपालिकामा खेलकुदको संस्थागत विकास गर्न आवश्यक कानूनको तर्जुमा गरिनेछ ।
२) युवाहरुसँग समन्वय गरी विभिन्न खेलकुद एवं खेलकुदसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
३) युवा शक्तिहरुलाई सामाजिक विकृतिमा लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
४) देवघाट - १ कोटामा रहेको गाउँपालिका स्तरीय खेलग्रामको निर्माण सम्पन्न गर्ने पहल गरिनेछ
५) गाउँपालिका भित्र रहेका युवाहरुका लागि यूवा सशक्तिकरण कार्यक्रम सञ्चालन ल्याइनेछ ।
६) देवघाट - ५ घिनाटारमा मधु कवर्ड हल निर्माण कार्यको लागि समपुरक कार्यक्रम मार्फत प्रदेश तथा संघीय सरकारसँग पहल गरिनेछ ।
७) एक वडा एक खेल मैदान बनाउन पहल गरिनेछ ।
जेष्ठ नागरिक कार्यक्रम तर्फः
१) जेष्ठ नागरिकको लागि सार्बजनीक स्थानमा बस्नको लागि बिश्राम स्थल निर्माण तथा मर्मतको ब्यवस्था गरीनुका साथै उक्त स्थानहरूमा आवश्यक अन्य सुबिधा र समय समयमा स्वास्थ जाच गराउने व्यवस्था गरिनेछ ।
२) देवघाट गाउँपालिकामा वृद्ध-वृद्धाहरुको उपचारको लागि उपयुक्त स्थान पहिचान तथा छनौट गरी १०० सैया सम्मको नेपालकै केन्द्रिय वृद्ध-वृद्धा अस्पताल निर्माण गर्न संघीय सरकार समक्ष पहल गरिनेछ । .
- अध्ययनको कार्य प्रक्रिया अगाडी बढाइनेछ पानी परीक्षण प्रयोगशाला स्थापना गरिनेछ ।
● अति आवश्यक स्थानमा सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ ।
खानेपानी तर्फ :
• क्वादी खोला खानेपानी आयोजनलाई समयमा नै सम्पन्न गराई वितरण प्रणाली मार्फत २४ से घण्टा खानेपानीको आपूर्ति व्यवस्था मिलाइनेछ ।
• साबुन पानीले हात धुने अभियानलाई निरन्तरता दिइनेछ । खानेपानीलाई सबै वडाको जनताको माग र आवश्यकता अनुसार सहज र व्यवस्थित बनाइनेछ प्रदेश सरकार केन्द्र सरकार युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको। सहलगानीमा सबै खानेपानी योजनाहरूमा सुरक्षित खानेपानीको योजना (Water Safety Plan) लाई निरन्तरता दिइनेछ ।
• खानेपानी उपभोक्ता समितिको संस्थागत क्षमता विकास र चेतनामूलक कार्यक्रममा जोड दिइनेछ ।
• एक घर एक धारा" सुरक्षित खानेपानी हाम्रो अभियानलाई प्राथमिकता दिई प्रभावकारी कार्यान्वयन गरिनेछ
लक्षित वर्ग तर्फः
विपन्न तथा आर्थिक, सामाजिक रुपमा पछाडि परेका वर्गहरुलाई गाउँपालिका स्तरीय सञ्जाल, वडा स्तरीय सञ्जाल पुनर्गठन गरी जसको सहकार्यमा आर्थिक, सामाजिक विकासका कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।
आदिवासी जनजाति दलित र अल्पसंख्यक तर्फः
१) रोजगार कार्यक्रम मार्फत आदिवासी जनजाति वर्गहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सशक्तिकरण कार्यक्रम र आय आर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम, संस्कृति संरक्षणका कार्यक्रमहरु ल्याइनेछ ।
२) आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग एवं महिलाहरुलाई सहयोग पुयाउने कार्यक्रम सञ्चालन गरीने छ ।
स्वास्थ्य तर्फः
• दिर्घ रोगीहरुको लागि जनप्रतिनिधीहरुको सहभागीतामा स्वास्थ्यकर्मी सहितको टोली वर्षमा कम्तीमा ३ पटक ज्येष्ठ नागरिकको घरदैलोमा नै गई स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिइनेछ अल्पसंख्यक (बोटे, बराम, चेपाङ्ग जातिको लागि “अल्पसंख्यकलाई निशुल्क स्वास्थ्य विमा" कार्यक्रम ल्याइनेछ ।
• कोभिङ- १९ जस्तै विश्वव्यापी सम्भावित तथा राष्ट्रिय संक्रमणले सिर्जना गर्न सक्ने जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गरिनेछ ।
• देवघाट स्वास्थ्य चौकीको स्तरवृद्धि गरी १० शैयाको अस्पताल बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति भई टेण्डर प्रक्रिया मार्फत काम शुरु भएकोमा समयमा नै सम्पन्न गराई अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा साधन स्रोत सम्पन्न बनाई सुचारु गरिनेछ ।
• गर्भवती महिलाको पति, सासु, ससुराको लागि गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रत्येक महिनाको १ पटक गर्भवती महिला स्वास्थ्य चौकी आएर स्वास्थ्य परीक्षण गराउँदा १००/- रुपैया खाजा खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ र संस्थागत सुत्केरी गराउने स्वास्थ्यकर्मीलाई प्रति सुत्केरी रु.१,०००/- प्रोत्साहन भुक्तानी दिइनेछ ।
● अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा औषधी, स्वास्थ्य सामाग्री तथा व्यक्तिगत सुरक्षा सामाग्री सहित उपकरणको उचित व्यवस्था गरिनेछ र स्वास्थ्य संस्थाहरुको पूर्वाधार विकास र संस्थागत क्षमता विकासमा जोड दिइनेछ ।
• स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन गाउँपालिका स्वास्थ्य नीति, कानून र मापदण्ड तर्जुमा गरिनेछ ।
• स्वास्थ्य कार्यक्रम तर्फ प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम, परिवार कल्याण कार्यक्रम, मातृ तथा नवशिशु कार्यक्रम, एकिकृत वाल स्वास्थ्य एवं पोषण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्यक्रम, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणाली, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम सञ्चालन गरिनेछ ।
• सर्ने / नसर्ने रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि एकिकृत जनस्वास्थ्य प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
• आवश्यकता अनुसार विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी स्वास्थ्य कार्यक्रम तथा शिविर संचालन गरिनेछ ।
• महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रोत्साहन तथा प्राकृतिक स्वास्थ्य अगुवा म.स्वा.से. कार्यक्रम सञ्चालनमा ल्याइनेछ । सुनौलो हजार दिन कार्यक्रमको प्रचार प्रसार गर्ने र २० वर्ष पछि मात्र बच्चा जन्माउने मान्यताको अभिमुखिकरण गराइने नीतिलाई निरन्तरता दिइने छ।
• देवघाट ३ छिपछिपे स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाइनेछ । HIV AIDS, डेंगु पाठेघर खस्ने जस्ता समस्याको सम्बन्धमा सेवामूलक कार्यक्रम
● आमा सुरक्षा कार्यक्रमलाई सेवामूलक रुपमा अगाडि वढाइनेछ । ल्याइनेछ ।
• क्यान्सर, मुटु, मृगौला आदिको उपचारको लागि विपन्न गरीब बिरामीलाई आर्थिक सहायता दिने नीतिलाई निरन्तरता दिइनेछ । • पोषण र सन्तुलित भोजन (Balance Diet) र विभिन्न प्रकारका सरुवा रोगहरुबाट बच्ने उपायहरुको बारेमा व्यापक प्रचार गरिनेछ ।
• नागरिक आरोग्य सेवा केन्द्र देवघाटमा थेरापी समेतका उपचार सेवा शुरु गरी थप व्यवस्थित र प्रभावकारी बनाइनेछ । ५ वर्षमुनिका बच्चाहरुलाई पूर्ण खोप कार्यक्रम व्यवस्थापन समावेश गरिनेछ ।
• क्षयरोग तथा कुष्ठरोगका विरामीहरु पहिचान गरी कार्यक्रम सञ्चालन गरिनेछ । भैपरि आउने महामारीको व्यवस्थापन सम्बन्धी (झाडापखाला, टाइफाइड आदि) कार्यक्रम सञ्चालन गरिनेछ ।
• परिवार नियोजन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ । पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिनेछ । बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
• २४ घण्टा प्रसुती गृहलाई सुविधा सम्पन्न बनाइनेछ ।
• देवघाट गाउँपालिका र विश्वनाथ सुशिला धर्मशालाको सहकार्यमा हाल देवघाट गाउँपालिका सञ्चालन भईरहेको भवनमा निकट भविष्यमा भरतपुर आँखा अस्पतालको सहकार्यमा सञ्चालन गरिने आजको निति तथा कार्यक्रममा प्रस्तुत गरिएको थियो।