Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मधेस प्रदेशमा कांग्रेस र एमालेको मतमा वृद्धि

मधेस प्रदेशमा कांग्रेस र एमालेको मतमा वृद्धि

images

इच्छाकामना न्युज

७, आषाढ २०७९
मधेस प्रदेशमा कांग्रेस र एमालेको मतमा वृद्धि
images

इन्दिप कोइराला, बारा, ७ असार । मधेस प्रदेशमा नेपाली कांग्रेस र एमालेको २०७४ सालको निर्वाचनमा भन्दा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मत प्रतिशत बढेको छ । 

प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी आठ जिल्लामा कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ भने एमाले दोस्रो स्थानमा छ । 

यसपालिको निर्वाचनमा जनता समाजवादी पार्टीको मत प्रतिशत नबढे पनि खासै घाटा लागेको छैन । तर, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीप्रति २०७४ को भन्दा कम प्रतिशत मत प्राप्त भएको एक तथ्यांक सार्वजनिक भएको छ । 

मधेस आन्दोलनपछि मधेस प्रदेशमा कांग्रेस, एमाले र माओवादीको मत प्रतिशत निकै खस्किए । जनता समाजवादी पार्टी र लोसपा अघिल्लो निर्वाचनमा मधेस प्रदेशका मतदाताहरुले अमूल्य मत प्रदान गरे पनि जनताको इच्छा आकांक्षामाथि खरो उत्रन नसकेका कारण यसपटक यी दलहरूप्रति जनताको विश्वास घटेको देखिएको छ । मधेसवादी दलहरूप्रति घटेको जनमतको फाइदा उठाउँदै कांग्रेस र एमाले पहिलो र दोस्रो भएका हुन् । 

जनता समाजवादी पार्टीप्रति भने अहिले पनि जनताको आशा भरोसा कायम नै रहेको त्यो दलले पाएको मतबाट बुझ्न सकिन्छ । तर, माओवादी केन्द्र र लोसपाप्रति आशा भरोसा भने टुट्दै गएको तथ्यांकले स्पष्ट पारेको छ । 

एमालेका स्थायी समिति सदस्य प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि मधेसमा एमाले समाप्त भएर जाने मिथ्या हल्ला फिजाइएको भए पनि जनताले यसपटक एमालेप्रति विश्वास जाहेर गरेको बताए । आगामी संघीय र प्रदेश निर्वाचनमा एमालेले मधेस प्रदेशमा थप राम्रो स्थान हासिल गर्ने बताउँदै पार्टीको संगठन विस्तारमा ध्यान केन्द्रीत गरेर कार्यकर्ताहरूलाई परिचालन गरिने उनले बताए । 

कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले कांग्रेसको जन्म मधेसमै भएकाले पार्टीलाई अमूल्य मत दिने मतदाताहरूप्रति आभार व्यक्त गर्दै आगामी संघीय र प्रदेशको निर्वाचनमा आठवटै जिल्लामा कांग्रेसलाई पहिलो पार्टी बनाएर छाड्ने बताए । 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - २०:३७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology