Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सहकर्मीको लिंगको आकारबारे मजाक गर्ने प्रहरी अधिकारी बर्खास्त

सहकर्मीको लिंगको आकारबारे मजाक गर्ने प्रहरी अधिकारी बर्खास्त

images

एजेन्सी

६, आषाढ २०७९
सहकर्मीको लिंगको आकारबारे मजाक गर्ने प्रहरी अधिकारी बर्खास्त
images

सहकर्मीको लिंगको आकारलाई लिएर मजाक गर्ने बेलायतका एक प्रहरी अधिकारी बर्खास्तगीमा परेका छन् । आफ्ना एक नयाँ सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने विल्टसायर प्रहरी विभागका प्रहरी अधिकृतलाई पाँच दिनको सुनुवाईपछि बिना सूचना बर्खास्त गरिएको हो । 

रिड्ले प्रहरी स्टेसनमै अन्य सहकर्मीका अगाडि पीडितको ट्राउजर खोलेर उनको लिंग छुँदै ‘निकै सानो’ भन्दै खिल्ली उडाएको स्वीकार गरेका छन् । सुनुवाईका क्रममा सो घटनालाई उनले जोकको संज्ञा दिएका थिए ।

उक्त घटना सन् २०२१ को नोभेम्बरमा डिभाइज प्रहरी चौकीमा भएको थियो । त्यतिबेला पीडित प्रहरी सेवामा भर्खरै भर्ना भएका थिए । 
अदालतले रिड्सलाई आफ्नो सबै कर्तव्यबाट हटाएको थियो । अदालतले रिड्सलाई बेलायतको कुनै पनि प्रहरी सेवामा काम गर्न अनुमति नदिएको जनाइएको छ । 

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - १९:५१:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology