Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

images

इच्छाकामना न्युज

६, आषाढ २०७९
कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना
images

काठमाडौं, ६ असार । कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा  अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो ।

 कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए । उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य  गर्दै अगाडि बढ्न्ने प्रतिवद्धता जनाए । 

 स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाचो भएको बताए ।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिदैं गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

 एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी  जानकारी दिएका थिए ।

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - ०८:२७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology