Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आउँदो वर्षबाट दुतावासबाटै मतदाता नामावली संकलन हुने

आउँदो वर्षबाट दुतावासबाटै मतदाता नामावली संकलन हुने

images

इच्छाकामना न्युज

५, आषाढ २०७९
आउँदो  वर्षबाट दुतावासबाटै  मतदाता नामावली संकलन हुने
images

काठमाडौं, ५ असार । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् । 

काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । 

उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’

साथै उनले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए । थपलिया भन्छन्, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।’

अहिले काठमाडौँमा बस्ने मतदाताको नामावलीको दर्ता सुरुवात भएको छ। यो प्रक्रिया फेरि यस्तो छ जुनदिन मतदान अर्को निर्वाचनको घोषणा हुन्छ घोषणा भएको एक मिनेटमा रोक्नुपर्छ । अब हामी यो चाहिँ घोषणा गर्ने तयारीमा छौँ मलाइ लाग्छ मैले नेपाल सरकारसँग माग रोखेको छु। हामी निर्वाचन तयारीका लागि अलिकति समय दिन सक्छौँ । आठदस दिन दस पन्ध्र दिन निर्वाचनको घोषणा नगरियोस किनभने केही मतदाताहरु लाइनम लागेर हामी मतदाता नामावली दर्ता गर्ने काम सम्म गछौँ । यो मतदानमा सरिक गराउँछौ भनेर हामीले भनिराखेका छौँ,' उनले भने। 

‘साथै आउँदो आर्थिक वर्षबाट केही दुतावासहरुमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्टेसन सिस्टम प्रारम्भ गरेर मतदातानामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दै छ । तयारी दुतावासबाट प्रारम्भ हुन्छ,’ उनले भने

 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०९:४८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology