Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन गैरआवासीय नेपाली संघको आग्रह

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन गैरआवासीय नेपाली संघको आग्रह

images

इच्छाकामना न्युज

२८, जेठ २०७९
म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन गैरआवासीय नेपाली संघको आग्रह
images

काठमाडौं, २८ जेठ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो । 

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्या बारे अवगत गराएका थिए । उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । यसरी नै अध्यक्षद्वयले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएकोमा आभार प्रकट गरे । 

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयमा चासो लिँदै त्यस विषयप्रति सरकार सकारात्मक रहेको जानकारी दिए ।

भेटघाटमा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीको सहभागिता थियो ।

गैरआवासीय नेपाली संघले १६ जुन २०२२ मा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला आयोजना गर्दैछ । 

images
प्रकाशित मिति :जेठ २८, २०७९ शनिवार - १६:३४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology