Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु

कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु

images

इच्छाकामना न्युज

२३, जेठ २०७९
कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु
images

काठमाडौं, २३  जेठ । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास गरेको छ ।  कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो । नेपालले स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे  (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो । 

नेपाली टिमले केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो । कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २ २ र श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो । 

यसपछि नेपाली टिम शनिबार  कुवेत आईपुगेको थियो । नेपालले भोलि सोमबारसमेत सोहि मैदानमा अभ्यास गर्नेछ । स्थानीय समयअनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् ।  

हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् । समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०८:२४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology