Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाको वार्षिक प्रगति समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना गाउँपालिकाको वार्षिक प्रगति समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२८, मंसिर २०७७
इच्छाकामना गाउँपालिकाको वार्षिक प्रगति समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
images

कुरिनटार, २८ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आज गाउँपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि आव २०७६/०७७ को वार्षिक प्रगति समिक्षा तथा आव २०७७/०७८ को प्रथम चौमासिकमा प्रवाह गरेको सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। 
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले गाउँपालिकाको आव २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

Screenshot (88).png
सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाका विभिन्न विषयमा प्रश्न राखेका थिए भने सहभागीहरुको प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल लगाएतले दिनुभएको थियो। 
इच्छाकामना गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको सहजिकरण इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. ले गरेको थियो।
यसैबिच कार्यक्रममा आव २०७६/०७७ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ५ जना कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो।

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १८:४७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology