Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाटद्वारा जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरकृया कार्यक्रम

एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाटद्वारा जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरकृया कार्यक्रम

images

इच्छाकामना न्युज

२२, जेठ २०७९
एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाटद्वारा जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरकृया कार्यक्रम
images

धादिङ, २२ जेठ । एकिकृत अखिल नेपाल शिक्षक संगठन वेनीघाट रोराङले स्थानिय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् । शनिबार वडा नम्बर ७ चरौदीँमा एक कार्यक्रमका बिच सम्मान गरेका हुन् ।

सम्मानसगैँ शुभकामना आदान प्रदान तथा बृहत शैक्षिक योजनाको बारेमा बृहत अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरिएको पेशागत संगठनका शिक्षक तिलक बहादुर चेपाङले जानकारी दिनुभयो । वेनीघाट रोराङका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र वेनीघाट रोराङका अध्यक्ष राजेन्द्र कडेँेलको विशेष आतिथ्यता र नवनिर्वाचित वडा अध्यक्षहरु हेमराज भुजेल, राजु बहादुर मगर, रोशनकुमार सिलवाल, ,टेकनाथ सिलवाल (राजेन्द्र), कुमार बस्नेत, राजकुमार श्रेष्ठ, एकिकृत अखिल नेपाल शिक्षक संगठन वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष तिलक बहादुर चेपाङ, माअ‍ोवादी केन्द्र वेनीघाटका सल्लाहकार पुष्पराज सिलवाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष थपलियाले शिक्षाको आमुल परिवर्तनका लागि व्यवसायिक प्राविधिक तथा स्वरोजगारमुलक शिक्षामा ५ प्रतिशत बजेट थप गरेर शिक्षालाई प्राथमिकताका साथ अगाडी बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हाल वेनीघाट रोराङ गाउँपालिकामा ७४ वटा विद्यालयहरु रहेका छन् । जसमध्ये ११ वटा माध्यमिक तह, निजि विद्यालय २ वटा, आवासिय विद्यालय १ वटा, नमूना विद्यालय १ वटा रहेकोमा ८० प्रतिशित साधाराण धार तर्फको विद्यालय संरचनालाई प्राविधिक धारमा लैजानुपर्ने र २० प्रतिशितलाई साधारण धारमा लानुपर्ने सुझाव शिक्षकहरुबाट आएको पेशागत संगठनका शिक्षक तिलक बहादुर चेपाङले जानकारी दिनुभयो ।

हाल नेपालमा ठिक उल्टो ८० प्रतिशत साधारण धार र २० प्रतिशत प्राविधिक तर्फ अध्ययन अध्ययापन भइरहेको तथ्याङ्क देखिन्छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - ०८:५३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology