Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्र सर्लाहीका ४ स्थानिय निकायमा जित, ३९ जना वडा अध्यक्षहरु

माओवादी केन्द्र सर्लाहीका ४ स्थानिय निकायमा जित, ३९ जना वडा अध्यक्षहरु

एसपि गौरव

१७, जेठ २०७९
माओवादी केन्द्र सर्लाहीका ४ स्थानिय निकायमा जित, ३९ जना वडा अध्यक्षहरु

सर्लाही, १७ जेठ । नेकपा(माओवादी केन्द्र)ले सर्लाहीका ४ वटा स्थानिय निकायमा जित निकालेको छ । स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा सम्पन्न निर्वाचनबाट माओवादी केन्द्रले जिल्लाका ४ स्थानिय निकायमा जित निकालेको हो ।

images

माओवादी केन्द्रले बागमती नगरपालिका, हरिवन नगरपालिका, बलरा नगरपालिका र रामनगर गाउँपालिकामा जितेको छ । बागमती नगरपालिकामा नगर प्रमुख र उप प्रमुख सहित १० वटा वडा अध्यक्षहरु, हरिवन नगरपालिकामा नगर प्रमुख, बलरा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित ३ वटा वडा अध्यक्षहरु र रामनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडामा जित निकालेको छ । त्यस्तै चन्द्र नगरपालिकामा उपाध्यक्ष समेत जितेको छ ।

बागमती नगरपालिकामा नगर प्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मोक्तान, बागमती नगरपालिका १ मा गभिर सिंह पाख्रिन, २ मा टेक बहादुर बल, ३ मा तिलक बहादुर मोक्तान, ४ मा कृष्ण कुमार लामा, ५ मा कृष्ण बहादुर बाईवा, ६ मा गोपाल बहादुर थापा, ७ मा दुर्गा बहादुर हेन्जन, १० मा जुगेर कादरी, ११ मा प्रदिप आचार्य र १२ मा ओम बहादुर श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

त्यसैगरी लालबन्दी नगरपालिका २ मा किरण कुमार पासवना, लालबन्दी ८ मा शुक्र लामा, १२ मा दुर्गा बहादुर आलेमगर, १५ मा गोरख बहादुर बल, १६ मा गणेश बहादुर थापा र १७ मा विष्णुहरी अधिकारी वडा अध्यक्षमा निर्वाचित हुन् भएको हो भने हरिवन नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी (कमल) एक्लै निर्वाचित हुनु भएको छ ।

बलरा नगरपालिकाको नगर प्रमुखमा रामाशंकर प्रसाद कुशबाह, उपप्रमुखमा कोशिला देवी, वडा अध्यक्षहरुमा बलार नगरपालिका ९ मा विरेन्द्र प्रसाद चौधरी, १० मा दिनेश प्रसाद कुशबाह र ११ मा सुखलाल सहनी निर्वाचित हुनु भएको छ ।

त्यस्तै, रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबु यादव, उपा अध्यक्षमा गीतादेवी रामनगर गाउँपालिका १ मा ब्रम्हदेव चौधरी, २ मा अजय यादव र ३ मा श्रीनन्दन प्रसाद यादव निर्वाचित हुनु भएको छ ।

इश्वरपुर नगरपालिका १४ को वडा अध्यक्षमा सित कुमार महतो निर्वाचित हुँदा हरिपुर नगरपालिकाको १ मा नानी बाबु थापा र ३ मा लाल महमद् शेष निर्वाचित हुनु भएको छ । मलंगवा नगरपालिका ७ मा मो. इशा मिकरानी र ११ मा नन्दकिशोर राय निर्वाचित हुुनु भएको छ । गोडैता नगरपालिका १ मा सोजित महतो र २ मा अजय प्रसाद साह, बरहथवा नगरपालका ९ मा तुलसी प्रसाद लुईटेल, चक्रघट्टा गाउँपालिका १ मा रामसुदेश राय र २ मा विनाद कुमार राय, कौडेना गाउँपालिका ६ मा राम उमेश राय, विष्णु गाउँपालिका २ मा मनोज प्रसाद यादव र धनकौल गाउँपालिका ६ मा गजेन्द्र महतो वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

त्यसैगरी चन्द्र नगरगाउँपालिकाको उपा अध्यक्षमा माओवादी केन्द्रकी गीतादेवी महतो,वडा नम्बर ३ मा सिताराम महतो,६ मा राम स्वरुप कुर्मी र ७ मा दिपेन्द्र कुमार चौधरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

माओवादी केन्द्रले ३९ वडामा वडा अध्यक्ष जितेको छ भने अघिल्लो स्थानिय निकायको निर्वाचन भन्दा अहिले थप एक पालिका बढी जितेको हो । २०७४ सालकोस्थानिय निकायको निर्वाचनमा सर्लाहीका ३ वटा स्थानिय निकाय मात्रैजितेको माओवादीले यस पटकको निर्वाचनमा ४ वटा स्थानिय निकाय जितेको छ । ४ वटा स्थानिय निकायमा ३९ वटा वडा,३ नगर प्रमुख २ नगर उप प्रमुख १ गाउँपालिका अध्यक्ष र २ गाउँपालिका उपाअध्यक्ष गरि कुल ४७ सिटमा जित निकालेको हो ।

२०७४ सालमा निर्वाचित धएका जनप्रतिनिधिहरु केहीले पार्टी छोडि सकेको भएपनि सर्लाहीमा माओवादी केन्द्रले आफ्नो अस्तित्व जोगाई राखेको नेकपा (माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालिकामा केही क्षेती पुगेको भएपनि समग्र जिल्लाको स्थितीमा भने सुधार आएको छ ।

कतै पात्र र कतै प्रवृति गलत रहेका मानिसहरु उम्मेदवार हुँदा पनि माओवादी केन्दले सोचे अनुसारको नतिजा ल्याउन नसकेको भएपनि स्थानिय निकाय थप जितेको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - १९:५७:४२ बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology