Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जलविरे बोलेरो दुर्घटना अपडेटः बिजुलीको पोलमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु, १२ जना घाईते

जलविरे बोलेरो दुर्घटना अपडेटः बिजुलीको पोलमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु, १२ जना घाईते

images

इच्छाकामना न्युज

२६, मंसिर २०७७
जलविरे बोलेरो दुर्घटना अपडेटः बिजुलीको पोलमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु, १२ जना घाईते
images

जलविरे, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा भएको बोलेरो दुर्घटनामा परि २ जनाको ज्यान जानुको साथै १२ जना घाईते भएका छन्। जलविरे–ढुङ्ग्रे ग्रामिण कृषि सडक अन्तर्गत आज बिहान अन्दाजी ९ बजेर ५५ मिनेटमा जलबिरेमा  चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकको साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो। 

130766827_1015123662247523_8188199287826440748_n.jpg
दुर्घटनामा परेको गाडी बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक चितवन इच्छाकामना गाउँपालिका ६ मस्राङका ३० वर्षिय निर्मल गुरुङ र सोही बोलेरोमा रहेका इच्छाकामना गाउँपालिका ६ ढुङ्ग्रेका ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 
यस्तै दुर्घटनामा परि १२ जना घाईते भएका छन्। घाईते मध्य ३ जनाको अवस्था गम्भिर, ३ जनाको अवस्था मध्यम र बाँकी ६ जना घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाईतेहरुको चितवन मेडिकल कलेज भरतपुर र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ भने मृतक शव पोष्टमार्टमको लागि भरतपर अस्पताल लगिएको छ। 

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - १३:१०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology