Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नेगरी योजना बनाउन सरकारलाई काँग्रेसको सुझाव 

आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नेगरी योजना बनाउन सरकारलाई काँग्रेसको सुझाव 

images
आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नेगरी योजना बनाउन सरकारलाई काँग्रेसको सुझाव 
images

काठमाण्डौ, ९ जेठ । नेपाली काँग्रेसले आगामी आर्थिक वर्षबाट आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नेगरी योजना बनाउन सरकारलाई सुझाव दिएको छ । अहिलेको आयातमुखी अर्थतन्त्रलाई सुधार गर्न स्वदेशी सामग्रीको उत्पादन बढाउनेगरी प्रवद्र्धन गर्दै लैजानुपर्ने आवश्यकता रहेको काँग्रेसले औल्याएको छ ।

त्यसका लागि महामन्त्री गगन थापा सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रम पनि समेट्न सुझाव दिएको बताउनुभयो ।

कार्यक्रममार्फत सम्भावना भएका वस्तुहरू पहिचान, उत्पादन वृद्धि, व्यवसायीहरूलाई सहुलियत र निर्यातका लागि सहजिकरण लगायतको व्यवस्था मिलाउन सकिने महामन्त्री थापाले बताउनुभयो । पार्टीको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको महामन्त्री थापाको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - ०९:१४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology