Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट काँग्रेसको नेतृत्व

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट काँग्रेसको नेतृत्व

images
इटहरी उपहानगरपालिकामा पहिलोपल्ट काँग्रेसको नेतृत्व
images

अमर खड्का, सुनसरी, ८ जेठ । प्रदेश १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली काँग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएसँगै पहिलोपल्ट काँग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो ।

गाउँ विकास समिति, नगरपालिका हुँदा र उपमहानगरपालिका भएर २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले नेतृत्व गर्दै आएको थियो । यसपटक भने काँग्रेसका पौडेलले एमालेका मेयरका उम्मेदवार याम सुब्बालाई पाँच हजार १८ मतले हराएर विजयी भएका हुनुभएको हो ।

सुब्बाले २८ हजार ३१ मत ल्याउनुभयो । मेयरमा विजयी पौडेल काँग्रेस इटहरी उपमहानगर सभापति हुनुहुन्छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा भने एमालेका तर्फबाट संगीता चौधरी विजयी हुनुभएको छ । उहाँले ३२ हजार ४२६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशबकुमार विष्टले १८ हजार ३१ मत ल्याउनुभएको छ ।

इटहरीमा यसपटक कुल एक लाख ४ हजार ६२६ मतदातामध्ये ७३ हजार ७३२ मत खसेको छ। इटहरीमा यसपटक मेयरमा काँग्रेसले नेतृत्व गरेपनि वडामा भने २०७४ सालको निर्वाचनको भन्दा आधा कम वडा जितेको छ । यसपटक नेपाली काँग्रेसले पाँचवटा वडा मात्र जितेको छ। नेकपा एमालेले अघिल्लो पटकभन्दा वडामा विजयी संख्या बढाएको छ। एमालेले यसपटक १४ वटा वडा जित्न सफल भएको छ । एउटा वडामा भने एमालेबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका वडाध्ययक्षसहित प्यानल नै विजयी भएको छ।  

२०७१ सालमा इटहरी नगरपालिकामा हाँसपोसा, एकम्बा, पकली र खनार गाभिएर उपमहानगरपालिका बनेको थियो । पूर्वकै उदाउँदो शहर इटहरी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा मेयर–उपमेयरमा  एमालेका उम्मेदवार बिजयी हुनुभएको थियो । मेयरमा द्दारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम बिजयी हुनुभएको थियो । त्यतिबेला इटहरीमा कुल ७७ हजार ६७७ मतदातामध्ये ५७ हजार २४६ मत खसेको थियो ।त्यो बेला यहाँबाट एमालेमा आठ जना वडाअध्यक्ष र  काँग्रेसले ११ वडा अध्यक्ष जितेको थियो ।

यस्तै, नेता  विजय गच्छदारले तत्कालिन समयमा नेतृत्व गरेको पार्टीका तर्फबाट वडा नं. १० मा वडाध्यक्ष जितेपछि पछि काँग्रेसमै समायोजन भएका थिए । इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा काँग्रेसले एउटा मात्र वडा जितेको थियो । इटहरीमा २०४९ सालमा गाउँ विकास समिति हुँदा स्वर्गीय प्रमोद श्रेष्ठले जित्नुभएको थियो । इटहरी २०५३ सालमा नगरपालिका भएर २०५४ सालमा भएको  निर्वाचनमा जित्ने एमालेकै बर्चस्व थियो । त्यतिबेला नेपाली काँग्रेसले एउटा मात्र वडा जितेको थियो । 

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology