Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भरतपुर १३ को जानकी टोलबाट काँग्रेस चितवनका सभापति राजेश्वर खनाल मध्यरातमा स्थानीयको नियन्त्रणमा, मतदातालाई पैसा बाँड्दै हिडेको आरोप (भिडियो सहित)

भरतपुर १३ को जानकी टोलबाट काँग्रेस चितवनका सभापति राजेश्वर खनाल मध्यरातमा स्थानीयको नियन्त्रणमा, मतदातालाई पैसा बाँड्दै हिडेको आरोप (भिडियो सहित)

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
भरतपुर १३ को जानकी टोलबाट काँग्रेस चितवनका सभापति राजेश्वर खनाल मध्यरातमा स्थानीयको नियन्त्रणमा, मतदातालाई पैसा बाँड्दै हिडेको आरोप (भिडियो सहित)
images

चितवन, ३० बैशाख । मध्यरातको १ बजे काँग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक आरसी अधिकारीलाई भरतपुर का स्थानीयले नियन्त्रणमा लिएका छन् । उनिहरुले पैसा बाँड्दै मतदाता प्रभावित पार्न हिडेको भन्दै भरतपुर-१३ रामजानकी टोलका स्थानीयले समातेका हुन् । सो क्षेत्र सुकुम्बासीहरु बसोबास गर्ने क्षेत्र हो ।

उनिहरुसंगै सोही गाडीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्वकीय सचिव निशा न्यौपाने पनि थिइन् । उनिहरु रातको १ बजे बा १६ च ७५४४ नम्वरको स्कारर्पियो गाडीमा मतदाता प्रभावित पार्ने खालको मतपत्र लिएर हिडेका थिए । उनिहरुको साथबाट नमुना मतपत्रको चिट खोसेर स्थानियले च्यातिदिएका छन् ।

गाडीमा पैसा लुकाएको हुनसक्ने भन्दै गाडी खानतलासी गर्न खोज्दा प्रहरीले अवरोध गरेको स्थानीयले बताएका छन् । सो क्रममा फोटो र भिडियो खिच्न लाग्दा मोवाइल समेत फालिदिएको स्थानीय विजय विष्टले जानकारी दिए । भिडियो खिचेको भन्दै वाइसियलका कार्यकर्ताले कुटपिट समेत गरेको उनले बताए । उनिहरुलाई दुईतिन घण्टापछि प्रहरीले उद्धार गरेको थियो । घटनाको विषयमा काँग्रेस चितवनका सभापति खनालसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

 
 

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १०:१३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology