Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा मौन अवधीको समयमा मध्यरातमा झडप हुँदा उम्मेदवारहरु सहित दर्जनौँ घाईते

सर्लाहीमा मौन अवधीको समयमा मध्यरातमा झडप हुँदा उम्मेदवारहरु सहित दर्जनौँ घाईते

इच्छाकामना न्युज

२९, बैशाख २०७९
सर्लाहीमा मौन अवधीको समयमा मध्यरातमा झडप हुँदा उम्मेदवारहरु सहित दर्जनौँ घाईते

सर्लाही, २९ वैशाख । बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनको मौन अवधिमा झडप हुँदा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष उम्मेद्वार सहित आधा दर्जन बढी घाईते भएका छन् । सर्लाहीको क्षेत्र नम्बर ४ स्थित बलरा नगरपालिका र धनकौल गाउँपालिकामा भएको झडपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्ष उम्मेद्वार सहित आधा दर्जन बढी घाईते भएका प्रहरीले जनाएको छ ।

images

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मौन अवधी सूरु भएपनि बुधबार रातभर जिल्लाका विभिन्न स्थानमा विभिन्न पार्टीका नेता कार्यकर्ताबीच झडप र विवाद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा समेत सामान्य विवाद उत्पन्न भएको र सुरक्षाकर्मीले बल प्रयोग गरेर अकाल्पनीय घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्लाका धेरै ठाउँहरुमा सामान्य विवाद भएको थियो । 

जिल्लाकै अति संवेदनशिल क्षेत्र मानिने बलरा नगरपालिकामा बुधबार राती करिब १२ः३० बजे नेपाली कांग्रेस र नेकपा (एमाले)का नेता कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी बलरा नगरपालिका ४ का कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिभूषण सिंह र वडा सदस्यका उम्मेदवार हरेन्द्र सहनी घाईते भएका छन् भने एमाले कार्यकर्ताहरु राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव कुमार सहनी घाईते भएका  सर्लाही प्रहरीले जनाएको छ । घाईते तीनजना एमाले कार्यकर्ताहरुको जिल्ला सदरमुकाममा उपचार भईरहेको र कांग्रेसका दुईजनाको भने स्थानीय स्वास्थ्य संस्थामै उपचारत रहेका प्रहरीले जनाएको  छ ।

त्यस्तै बसबरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम हाल कांग्रेसबाट अध्यक्षका उम्मेदवार रामअयोध्या राय पनि सामान्य घाईते हुनु भएको छ । रायलाई एमाले कार्यकर्ताहरुले घेरेर कुटपिट गरेका नेपाली कांग्रेसका नेता विनोद खनालले जानकारी दिनुभयो ।बसबरिया गाउँपालिका २, मानपुरमा बुधबार राती करिब ९ बजे अध्यक्षका पदका उम्मेदवार रायमाथि हातपात भएको प्रहरीले जनाएको छ । 

त्यस्तै बसबरिया गाउँपालिका ६ मा जनता समाजवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम सिंहासन यादवमाथी पनि दुव्र्यवहार भएको छ । यता, धनकौल गाउँपालिका ६ मा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच बुधबार राती झडप भएको छ । राती भएको झडपमा कतिजना घाइते भए भन्ने एकिन नभएपनि आधा दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु घाईते भएका प्रहरीले अनुमान गरेको छ ।

त्यसैगरी लालबन्दी नगरपालिका १६ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार एवम निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापामाथी पनि दुव्र्यवहार भएको प्रहरीले जनाएको छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर ४ अलि संम्वेदनसिल रहेको छ । 

विशेषगरी मौन अवधीमा रातभर राजनैतिक दलका नेता कार्यकर्ताले गाउँ गाउँ हिड्न होडबाजी गर्ने तथा एकले अर्को पक्षलाई शंका र उपशंकाको दृष्टिकोणले हेर्ने प्रचलनका कारण विवाद आउने र झडपकै घटनाहरु हुने गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - १७:४३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology