Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरमा मन्त्री खाडले उम्मेदवारी फिर्ता लिन दबाब दिनु आचारसंहिता विपरीतः निर्वाचन आयोग

भरतपुरमा मन्त्री खाडले उम्मेदवारी फिर्ता लिन दबाब दिनु आचारसंहिता विपरीतः निर्वाचन आयोग

इच्छाकामना न्युज

१५, बैशाख २०७९
भरतपुरमा मन्त्री खाडले उम्मेदवारी फिर्ता लिन दबाब दिनु आचारसंहिता विपरीतः निर्वाचन आयोग

काठमाडौं, १५ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको छ ।

images

सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशन पालना गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर गएर पौडेललाई उनकै घरमा भेटे । दुवैजनाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि पौडलले अश्विकार गरेका छन् ।

उता पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसमेत उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै भरतपुर पुगेका छन् । उनले पनि पौडेललाई घरमै भेटेर एक्लै चुनाव नजितिने भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायधीश पराजुलीले मेयरका उम्मेदवार पौडेललाई गत मंगलबार भेटेको र साथीभाइको हिसाबले सल्लाह दिएको बताए । खाणले भने पौडेललाई गठबन्धन नै तलमाथि हुने भएकाले फिर्ता हुन दबाब दिएर फर्किएका छन् । उनले पौडेलका प्रस्तावक बयोवृद्ध नेता कृष्णलाल सापकोटालाई पनि भेटेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरे ।

त्यसो त बुधबारै माओवादी अध्यक्ष प्रचण्ड पनि केही घण्टाका लागि भरतपुर गएका थिए । छोरी रेनुको मेयर उम्मेदवारीविरुद्ध बागी बनेका पौडेलले अप्ठेरो पार्ने देखेर उनले शीर्ष तहबाटै पौडेललाई ब्याक गराउन दबाब दिइरहेका छन् ।

कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले आग्रह गर्दा पनि पौडेल ब्याक नभएपछि गृहमन्त्री र केन्द्रीय नेतृत्व उनलाई फिर्ता गराउन प्रयासरत रहेको बेला उम्मेदवारमाथि मन्त्रीले नै मानसिक दबाब दिनु निर्वाचन आचारसंहिताविपरीत हुने विज्ञहरुले बताएका छन् ।

राज्य नै लागेर कुनै उम्मेदवारलाई दबाब दिनु आचारसंहिताभित्र पर्छ ? भन्ने प्रश्नमा निर्वाचन आयोगले पार्टीको तर्फबाट चिठी लेखेर फिर्ता लिन निर्देशन दिन सक्ने तर मन्त्री गएर दबाब दिन नपाइने जनाएको छ ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले भने, ‘सार्वजानिक पदमा रहनु भएका बहालवाला मन्त्री नै एक उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब दिनु र अर्को उम्मेदवारको पक्षमा उभिनु आचारसहिंताविपरीत हो । उहाँलाई पार्टी हितका लागि पार्टीको तर्फबाट चिठी काटेर उम्मेदवारी फिर्ताको लागि अनुरोध गर्न छुट छ, त्यसमा आयोगको आपत्ति रहन्न । तर, सार्वजानिक पदमा रहेका मान्छेले यसरी दबाब दिनु गलत हो ।’ अर्यालले यस विषयमा अहिलेसम्म निर्वाचन आयोगमा कुनै सूचना नआएको र कसैले उजुरी गरेमा आयोगले कानूनबमोजिम कारबाही अगाडि बढाउने बताए ।

(नेपाल प्रेसबाट)

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:२६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology