Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगर नगरपालिकाको मेयरमा काँग्रेसको उम्मेद्वार प्रल्हाद सापकोटा

रत्ननगर नगरपालिकाको मेयरमा काँग्रेसको उम्मेद्वार प्रल्हाद सापकोटा

इच्छाकामना न्युज

१२, बैशाख २०७९
रत्ननगर नगरपालिकाको मेयरमा काँग्रेसको उम्मेद्वार प्रल्हाद सापकोटा

चितवन, १२ बैशाख । चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले प्रल्हाद सापकोटालाई उमेदवार बनाएको छ । नगर सभापति रहेका उनलाई आइतबार पार्टीले मेयरको उमे्दवार बनाउने निर्णय गरेको हो ।

images

मेयरमा धेरै नेताको आकांक्षा भएपनि अन्ततः सापकोटाले टिकट पाएका हुन । सापकोटालाइ मेयरमा गठबन्धनको पनि समर्थन छ । गठबन्धनको तर्फबाट सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता हुनेछ ।

रत्ननगरको उपमेयर भने एकिकृत समाजबादीको भागमा परेको छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा यो नगरपालिकाको मेयर, उपमेयर दुबै एमालेले जितेको थियो ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०८:२४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology