Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

निर्वाचनको मिति सर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह 

निर्वाचनको मिति सर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह 

इच्छाकामना न्युज

१, बैशाख २०७९
निर्वाचनको मिति सर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह 

काठमाण्डौ, १ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सर्ने अभिव्यक्ति नदिन आग्रह गरेको छ।आयोगले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको हुँदा निर्वाचनको मिति सर्ने अभिव्यक्ति नदिन सरोकारवालाहरूलाई आग्रह गरेको हो ।

images

स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्न अभिव्यक्तिहरू राजनीतिक दलका इमानदार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आज आयोजित आयोगको नियमित पत्रकार सम्मलेनको क्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको मिति नजिकिइ सकेको अवस्थामा चुनावको मिति सर्न सक्ने अभिव्यक्ति दिएर मतदातामा भ्रम सिर्जन नगर्न आग्रह गर्नुभयो ।

यसैबीच, आयोगले निर्वाचनको लागि ३९ जिल्लाको मतपत्र छापिएको पनि जानकारी दिएको छ। आयोगका अनुसार ७० लाख ३३ हजार मतपत्र छापिइसकेको छ।आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ थान मतपत्र छपाइ सम्पन्न भएको प्रवक्ता पौडेलले बताउनुभयो । पौडेलले हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको पनि जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १८:२०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology