Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार 

मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार 

इच्छाकामना न्युज

१७, चैत्र २०७८
मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार 

काठमाण्डौ, १७ चैत । सरकारले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७ सय ५३ आटै स्थानीय तहलाई पत्राचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको आग्रहमा यस्तो पत्राचार गरेको हो ।

images

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् । आज आयोजित पत्रकार सम्मेलनको क्रममा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकालाई नै राख्न आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था मिलाइनेछ । निर्वाचन आयोगले सीसी क्यामेरामार्फत केन्द्रबाटै अनुगमन गर्नेछ । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १९:३४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology