Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

काँग्रेसको केन्द्रीय समितिबाट स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय हुने संभावना  

काँग्रेसको केन्द्रीय समितिबाट स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय हुने संभावना  

images

इच्छाकामना न्युज

१४, चैत्र २०७८
काँग्रेसको केन्द्रीय समितिबाट स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय हुने संभावना  
images

काठमाण्डौ, १४ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने भएको छ । केन्द्रीय कार्य समिति बैठकमा अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा धारणा राखेका छन् । अब यसको आधारमा भोलीको बैठकमा गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित हुने संभावना रहेको काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभयो ।

प्रवक्ता महतले केही पदाधिकारी र सदस्यहरूले गठबन्धन नगरी काँग्रेस एक्लै जनताबीच परीक्षणमा जानुपर्ने बताए पनि अधिकांशको मत गठबन्धन र तालमेलको पक्षमा आएको जानकारी दिनुभयो  । उहाँले गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र धेरै ठाउँमा चुनाव जित्न सकिने बताउनुभयो  ।  

महतका अनुसार कुन ठाउँमा पार्टीको अवस्था कस्तो छ भन्ने रिपोर्टका आधारमा कतै मित्रतापूर्ण प्रतिस्पर्धा र कतै गठबन्धन हुनेछ ।अधिकांश सदस्यले गठबन्धनको सैद्धान्तिक निर्णय केन्द्रबाटै हुनुपर्ने राय राखेकाले अर्को बैठकले प्रस्तावसहित निर्णय गर्ने बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:१९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology