Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

इच्छाकामना न्युज

१३, चैत्र २०७८
आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाण्डौ, १३ चैत ।  स्थानीय निर्वाचनका लागि अब मात्र ४७ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।

images

यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन । यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् ।

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - ०७:०३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology