Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सबैदललाई आफ्नै निर्वाचन चिन्ह प्रदान गर्न दलहरूको रुजु कार्य हुँदै 

सबैदललाई आफ्नै निर्वाचन चिन्ह प्रदान गर्न दलहरूको रुजु कार्य हुँदै 

इच्छाकामना न्युज

१०, चैत्र २०७८
सबैदललाई आफ्नै निर्वाचन चिन्ह प्रदान गर्न दलहरूको रुजु कार्य हुँदै 

काठमाण्डौ, १० चैत । राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका, तर स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका अन्य दललाई आफ्नै निर्वाचन चिन्ह लिन दिएको आवेदनको रुजु कार्य अझै नसकिएको निर्वाचन आयोगले जनाएको छ । ७३ दल मध्ये ५८ दलले आफ्नै निर्वाचन चिन्ह लिनका लागि गत चैत्र ६ गते आयोगमा जिल्लागत त्रियाशिलता र संगठनको विवरण पेश गरेका थिए ।

images

यस्तैआगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचनका लागि करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता सङ्ख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र बढि छाप्ने तयारी भएको आयोगका सह–प्रवक्ता सुर्य प्रसाद अर्यालले बताउनुभयो । आज पत्रकार सम्मेलन गर्दै उहाँले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको भए पनि निर्णय भने भइनसकेको बताउनुभयो ।

यस्तै निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको पनि उहाँले बताउनुभयो । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ । यस्तै मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १९:२२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology