Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाको विकट गाउँ थाप्राङमा एक घर एक धारा बनाउने अभियान सुरु, गापा अध्यक्ष गुरुङ र उपाध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

इच्छाकामनाको विकट गाउँ थाप्राङमा एक घर एक धारा बनाउने अभियान सुरु, गापा अध्यक्ष गुरुङ र उपाध्यक्ष श्रेष्ठद्वारा शिलान्यास

images

इच्छाकामना न्युज

१८, मंसिर २०७७
इच्छाकामनाको विकट गाउँ थाप्राङमा एक घर एक धारा बनाउने अभियान सुरु, गापा अध्यक्ष गुरुङ र उपाध्यक्ष श्रेष्ठद्वारा शिलान्यास
images

हातिवाङ, १८ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ मा रहेको विकट गाउँ थाप्राङका हरेक घरमा धारा बन्ने भएको छ। मुहान देखि मुख सम्म एक घर एक धारा निर्माण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार थाप्राङका हरेक घरमा धारा बन्न लागेको हो। FB_IMG_1606920439931.jpgधारा निर्माण कार्यको बुधबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभयो। धारा निर्माण कार्यको शिलान्यास गर्दै स्वच्छ पिउने पानी पाउनु नागरिकको अधिकार रहेकाले खानेपानीको चरम अभाव रहेको इच्छाकामनाको विकट गाउँ थाप्राङका हरेक घरमा धारा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनु भयो। "थाप्राङको ७२ घरधुरीको हरेक घरमा धाराको व्यवस्था हुनेछ" -उहाले भन्नुभयो। FB_IMG_1606920415245.jpg यसका लागि गाउँपालिका र RRN सस्था WHH को संयुक्त लागत सहभागिता करिब ३१ लाख रुपैयाँको व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो। बुधबार शिलान्यास गरिएको धारा आगामी ४५ दिनमा निर्माण सप्पन्न गरि हस्तान्तरण हुने वडा नं. १ वडाध्यक्ष नन्दलाल गिरिले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - ०७:१०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology