Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

साना दलको चुनाव चिन्ह्को मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै 

साना दलको चुनाव चिन्ह्को मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै 

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
साना दलको चुनाव चिन्ह्को मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै 

काठमाण्डौ, ३० फागुन । दलीय चुनाव चिन्हमा निर्वाचन लड्न पाउनुपर्ने माग राख्दै आएका विभिन्न ३७ साना दलसँग निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ । साना दलहरू दलीय चिन्हमा चुनाव लड्न अहिलेको ऐन अनुसार नमिल्ने आयोगले बताउँदै आएको छ ।

images

ऐनको अधीनमा रही अपनाउन सकिने उपायबारे आजको बैठकमा छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानूनविदसँग पनि छलफलको तयारी गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त दलले मात्रै दलीय चुनाव चिन्ह पाउने व्यवस्था छ । तर साना दलहरूले प्रचलित कानुनलाई देखाएर आफूहरूलाई चुनाव चिन्ह नदिन ठूला दलहरू नै लागेको आरोप लगाउँदै आएका छन् ।

आफ्नै चुनाव चिन्हको माग गर्दै स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति पनि उनीहरूले बनाएर गतिविधि बढाएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०८:५८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology