Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

निर्वाचन आयोगले थाल्याे मतदाता नामावली अध्यावधिक

निर्वाचन आयोगले थाल्याे मतदाता नामावली अध्यावधिक

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
निर्वाचन आयोगले थाल्याे मतदाता नामावली अध्यावधिक

धनगढी, २९ चैत । स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेकाे छ । निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ मतदाताको नामावली संकलन गरेकाे र अहिले पूराना मतदाताको अध्यावधिक भइरहेकाे छ । १८ पुसमा मतदाता नामावली दर्ताका लागि आव्हान गरिएको थियो । सो समयमा २३ हजार चार सय ५६ नयाँ मतदाता थपिएका थिए । 

images

‘यसबीचमा पनि केही मतदाताको मृत्यु भइसकेको होला । कसैले बसाई सरेर गएका होलान वा नाम सच्याइनु पर्ने हुन सक्छ,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले भने, ‘सोही विवरण अध्यावधिकका लागि अहिले मतदाताको नामावली जिल्लाका सबै पालिकामा पठाइएको छ, वडाबाट अध्यावधिक भएर आएपछि केन्द्रमा विवरण पठाइने छ ।’

जनप्रतिनिले वडामा गएर मतदाताको सहि विवरण उपलब्ध गराएपछि नयाँ नामावली सार्वजनिक गरिने सूचना अधिकारी चौधरीले बताए । ‘नयाँ थपिएका मतदाताको नामावली कम्पुटराइज गर्ने काम भएरहेको छ,’ सूचना अधिकारी चौधरीले भने, ‘वडाबाट अध्यावधिक भएर आएका नामावलीमा नयाँ थपिएका मतदातालाई समेत समावेस गरेर चैत दोश्रो सातासम्म नयाँ नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ उनले मतदाता नामावलीको तथ्या‌ंक केन्द्रले नै सार्वजनिक गर्ने बताए ।

मंसिर २०७४ मा सम्पन्न निर्वाचनसम्म कैलालीमा चार लाख ६३ हजार दुई सय ९२ मतदाता थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २१:५६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology