Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

विदेशमा रहेका २२ लाख नेपाली नागरिकले यो पटक पनि मतदान गर्न नपाउने 

विदेशमा रहेका २२ लाख नेपाली नागरिकले यो पटक पनि मतदान गर्न नपाउने 

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
विदेशमा रहेका २२ लाख नेपाली नागरिकले यो पटक पनि मतदान गर्न नपाउने 
images

सजना तिमल्सिना, काठमाडौँ, २५ फागुन । विदेशमा रहेका २२ लाख नेपाली नागरिकले यो पटक पनि मतदान गर्न नपाउने भएका छन् । विश्वका एक सयभन्दा धेरै देशले, विदेशमा रहेका आफ्ना नागरिकलाई मतदान गर्नेे अधिकार दिएपनि नेपालमा राजनीतिक दलले चासो नदिँदा कानुनी अड्चन कायमै रहेको पूर्व निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार विदेशमा रहेकालाई भोट हाल्ने अधिकारबाट बन्चित गरिँदा उनीहरूको निर्वाचनप्रतिको आस्था नै घट्ने जोखिम बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अहिलेसम्म भोट हाल्ने उमेर पुगेका झण्डै २२ लाख नेपाली विभिन्न देशमा गएपनि कति जना फर्किए भन्ने तथ्याङ्क छैन । यसले भोट हाल्ने उमेर समूहको ठूलो सङ्ख्या विदेशमा रहेको प्रस्ट्याएपनि आफुहरूको मताधिकार प्रयोग गर्ने विषयमा भने हालसम्म सरकारले चासो नदेखाएको साउदी अरबमा कार्यरत दीपक थापाले बताउनुभयो ।

विदेशमा रहेकाहरू मात्र नभइ कामकै शिलशिलामा नेपाल भित्रै अर्को जिल्लामा पुगेकाहरू पनि भोट हाल्नकै लागि बिदा लिएर गृह जिल्ला जानुपर्ने बाध्यता छ । उनीहरू जान नपाएको खण्डमा आफ्नो मताधिकार प्रयोग गर्नबाट बन्चित हुने गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचलित कानूनमा नेपाल बाहिर मतदान केन्द्र स्थापना गर्नुपर्ने, हुलाक मार्फत मतदान गर्न पाउने लगायतका व्यवस्था नभएका कारण विदेशमा रहेका नागरिकले मताधिकार प्रयोग गर्न नपाउने बताउनुभयो । संविधानले १८ वर्ष उमेर पुगेका हरेक नेपालीको मताधिकार सुनिश्चित गरेको छ । तर विदेशमा रहेका वा चुनावको बेला गाउँ फर्किन नपाउनेहरू मताधिकारबाट बञ्चित भईरहेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १०:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology