Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत

विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत
images

लण्डन, २५ फागुन । युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ ।

मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएपछि गैरआवासीय नेपाली संघ पोल्याण्डले आलोचना गरेको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाई आफैँमा प्रमाणविहीन,  हास्यास्पद र लज्जाबोध भएको जनाएको छ । 
 
विज्ञप्तिमा पोल्याण्डको गैरआवासीय नेपाली संघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ जनाभन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको,युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको उल्लेख छ  । संघले एक सय जनाभन्दा बढीलाई आफ्नै व्यवस्थापनमा सहयोग गरिएको जनाएको छ ।

विज्ञप्तिमा युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली सस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविश्वास पैदा  गरेकाे उल्लेख छ ।  
 
यसअघि गैरआवासीय नपाली संघ र जर्मन, रुसस्थित नेपाली राजदूतहरु रहेको एक उच्चस्तीय समितिमार्फत् नेपालीको उद्धारको थियो । नेपालीको उद्धारका लागि नेपाली संघसंस्था, एनआरएनए, र जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का सीमा क्षेत्रमा खटिएका थिए ।

poland.jpeg.jpeg

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०८:५९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology