Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

हत्या गरेको १५ वर्षपछि आरोपी बहराइनबाट पक्राउ

हत्या गरेको १५ वर्षपछि आरोपी बहराइनबाट पक्राउ

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
हत्या गरेको १५ वर्षपछि आरोपी बहराइनबाट पक्राउ
images

काठमाडौं, २४ फागुन । नेपाल प्रहरीले घटना भएको १५ वर्षपछि एक जना हत्याका आरोपीलाई बहराइनबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ छन् । 

कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । 

२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । 

घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो । 

उनलाई बहराईनमा पक्राउ गरिएको हो । उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो ।

गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शाखाले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:०१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology