Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको छ : नेपाली सेना

नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको छ : नेपाली सेना

इच्छाकामना न्युज

२०, फाल्गुण २०७८
नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको छ : नेपाली सेना

काठमाडौं, २० फागुन । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

images

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरु भ्रमछर्ने काम भइरहेको जनाएको छ । 

आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्‍जाल (फेसबुक, टिकटकआदि) मा नक्कली परिचय बनाई भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भइरहेको भन्दै सनाले गम्भीर ध्यानार्षण भएको जनाएको हो । 

देश र जनतालाई केन्द्रविन्दुमा राखि संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरुप्रति नेपाली सेना खेद प्रकट गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउन सेनाले अपिल गरेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - २०:५९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology