Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अष्ट्रेलिया निवासी गुरुङले गरे गोरखा भुम्लीचोकका विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण

अष्ट्रेलिया निवासी गुरुङले गरे गोरखा भुम्लीचोकका विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण

images

इच्छाकामना न्युज

१२, मंसिर २०७७
अष्ट्रेलिया निवासी गुरुङले गरे गोरखा भुम्लीचोकका विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण
images

गोरखा, १२ मंसिर । गोरखाको गण्डकी गाउँपालिका वडा न ६ भुम्लीचोक घर भै हाल अष्ट्रेलियामा बसोबास गर्ने एकराज गुरुङले गाउँकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टिसर्ट र ट्रयाकसुट सेट उपलब्ध गराएका छन्। गुरुङले आफ्नै गाउँ गण्डकी गाउँपालिका वडा न ६ भुम्लीचोकमा अवस्थित श्री चिसोपानी प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ३४ थान टिसर्ट र ट्रयाकसुट सेट उपलब्ध गराएका हुन्। 
उनले उपलब्ध गराएको उक्त टिसर्ट र ट्रयाकसुट सेट बिहिबार एक कार्यक्रमका बिच विद्यालयका प्रध्यानध्यापक एक माया गुरुङलाई हस्तान्तरण गरेको हो। पोशाक हस्तान्तरण उनका बुवा तुल बहादुर गुरुङले गरेका हुन्। 
अध्ययनको सिलसिलामा एक दशक अघि अष्ट्रेलिया पुगेका गुरुङ पछिल्लो समय सामाजिक सेवामा समेत उत्तिकै कृयाशिल छ। गुरुङ भद्रकाली मावि भुम्लिचोकको पूर्व शिक्षक समेत हुन्।

 

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - २१:५३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology