Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीका स्थानीय ५ युवाहरुले ल्याए एसी डिलक्स सहितको सुविधा सम्पन्न हेयर सैलुन संचालनमा 

आँबुखैरेनीका स्थानीय ५ युवाहरुले ल्याए एसी डिलक्स सहितको सुविधा सम्पन्न हेयर सैलुन संचालनमा 

images

इच्छाकामना न्युज

१२, मंसिर २०७७
आँबुखैरेनीका स्थानीय ५ युवाहरुले ल्याए एसी डिलक्स सहितको सुविधा सम्पन्न हेयर सैलुन संचालनमा 
images

आँबुखैरेनी, १२ मंसिर । तनहुँको आँबुखैरेनीका स्थानीय ५ जना युवाहरुले एसी डिलक्स सहितको सुविधा सम्पन्न हेयर कटिङ सैलुन सञ्चालनमा ल्याएका छन्। आँबुखैरेनी गाउँपालिका वडा नं. ३ दुईधारे नजिकै एसी डिलक्स सहितको सुविधा सम्पन्न ब्रोदर हेयर सलोन आज देखि संचालनमा ल्याएका हुन्। 

127498523_1559014777622409_8353936269687204415_n.jpg
सलोनका संचालक युवराज गुरुङ्गले आज बिहान विधीवत रुपमा पुजा गरेर सैलुनको उद्घाटन गरेका थिए। उच्चस्तरीय सेवा सहितको सेवा दिने उद्देश्यले स्थानीय ५ जना युवाको संयुक्त लगानीमा सुविधा सम्पन्न ब्रोदर्स हेयर सलोन संचालनमा ल्याईएको संचालक गुरुङ्गले जानकारी दिए। काठमाण्डौं, पोखरा, नारायणगढ लगाएतका क्षेत्रमा सुविधा सम्पन्न हेयर सलोन भएता पनि आँबुखैरेनीमा नभएको र यसको माग, आवश्यकतालाई ध्यानमा राख्र्दै एसी डिलक्स सहितको सुबिधा सम्पन्न सलोन संचालन गरिएको गुरुङ्गले बताए। 

127853385_1559014607622426_8548692215028318826_n.jpg
सलोनमा कपाल काटेको हाललाई १ सय रुपैयाँ कायम गरिएको र विद्यार्थीको लागि १० प्रतिशत छुटको व्यवस्था, कपाल काटीसकेपछि स्याम्पो सहित टाउको नुहाउन चिसो, तातो पानीको व्यवस्था, हेयर कलर, ट्रिटमेन्ट, फेसियल, इलेक्ट्रोक मसाज, वाईफाई लगाएतको व्यवस्था रहेको छ। 
त्यस्तै, यहाँ ग्रोसेरिस आईटम अन्तर्गत ब्राण्डेड पफ्र्युम, हार्ड र सफ्ट जेल, फेस वास क्रिम, सन ग्लास, वालेट, बेल्ट उपलब्ध रहेको छ ।

127216237_1559014814289072_6566393710879843681_n.jpg

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - २०:४१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology