Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

युरोप–अमेरिका जाने नाममा दलालबाट ठगिँदै नेपाली युवाहरु

युरोप–अमेरिका जाने नाममा दलालबाट ठगिँदै नेपाली युवाहरु

images

पत्रपत्रिका

१, फाल्गुण २०७८
युरोप–अमेरिका जाने नाममा दलालबाट ठगिँदै नेपाली युवाहरु
images

काठमाडौं । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो। त्यसपछि उनको अवस्था झनै कष्टकर बनेको छ।

दुई वर्षअघिसम्म औसत नेपालीको स्तरअनुसार चल्दै आएको उनको जीवनचर्या पति अशोकले वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि बिथोलिएको छ।

दस जोड दुईसम्मको अध्ययन गरेका उनका पति अशोक दलालको प्रलोभनमा पर्दा यतिखेर पुरै परिवार तनावमा छ। बेलायतमा रोजगारी दिलाइदिने प्रलोभनमा दलालले खाइदिएको २० लाख रुपैयाँ कसरी उठाउने भन्ने समस्यामा उनीहरू छन्। ‘दलालले खाइदिएको २० लाख रुपैयाँ उठाउने आशाले कहिले प्रहरी, कहिले वैदेशिक रोजगार विभाग अनि कहिले पत्रकारलाई भेट्ने गरेका छौं,’ तिम्सिनाले नागरिकसँग भनिन्, ‘तर डुबेको रकम उठ्ला जस्तो छैन।’

वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीका नाममा कसैले ठगी गरे पीडितले बिगोको डेढ गुनासम्म क्षतिपूर्ति पाउने व्यवस्था छ। सरसर्ती हेर्दा अशोकको घटनामा पनि २० लाख रूपैयाँ लिएर बेलायत पठाउन नसक्ने दलालसँग ३० लाख रुपैयाँ असुल हुनुपर्ने हो। तर दलालले निकै चलाखीपूर्ण तरिकाले रकम असुल गरेकाले पीडितलाई डुबेको रकम असुल गर्न समस्या भएको छ। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०८:१५:११ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology