आँबुखैरेनी, १२ मंसिर । तनहुँको आँबुखैरेनी बजार भोली शनिबार देखि पुनः हरेक शनिबार बन्द हुने भएको छ। कोभिड १९ संक्रमण प्रभावका कारण बजारलाई असर परेकोले सातै दिन खुला गरेको बजार भोली शनिबार देखि पुनः हरेक शनिबार बन्द गराउने भएको हो।
पछिल्लो समय बजार पहिले झै सहज रुपमा खुला हुदै जान थालेकोले साताको शनिबार एक दिन बजार बन्द गर्ने तयारी गरेको तनहुँ उद्योग वाणिज्य संघ इकाई समिति आँबुखैरेनीका सभापति कृष्णमान तामाङले जानकारी दिनुभयो।