Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेकपा एमाले देवघाटद्वारा आगलागी पिडित भुजेल परिवारको घर बनाउन जस्तापाता सहयोग

नेकपा एमाले देवघाटद्वारा आगलागी पिडित भुजेल परिवारको घर बनाउन जस्तापाता सहयोग

इच्छाकामना न्युज

२४, माघ २०७८
नेकपा एमाले देवघाटद्वारा आगलागी पिडित भुजेल परिवारको घर बनाउन जस्तापाता सहयोग

देवघाट, २४ माघ । देवघाट गाउँपालिका–४ मान्द्रे पाखाका आगलागी पीडित मंगल भुजेलको घर पुनः निर्माणको लागि नेकपा एमाले देवघाट गाउँ कमिटिले जस्तापाता सहयोग गरेको छ । खरको छानो भएको भुजेलको घर गत माघ १४ गते आगलागीमा परि क्षती भएको थियो ।

images

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले सोमबार घटना स्थलमा पुगेर पीडित परिवारलाई घर पुननिर्माणको लागि आवश्यक पर्ने जस्तापाता उपलब्ध गराएका थिए । यस अघि नेकपा एमाले वडा कमिटिले उक्त परिवारको लागि सोलार वत्ती उपलब्ध गराएको थियो ।

आगलागी पीडितको घर पुननिर्माणमा पनि पार्टी कार्यकर्ताहरुले श्रम सहयोग गर्ने अध्यक्ष न्यौपानेले बताए । घर पुननिर्माणको लागि जस्तापाता पाएपछि पीडित परिवारले नेकपा एमालेलाई धन्यवाद दिँदै अब पुनः आफ्नो घर ठडिनेमा आशावादी भएको बताए ।

 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - २०:०७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology