Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा पिकअप भ्यान खस्यो, १ घाईते, ३ बेपत्ता

मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा पिकअप भ्यान खस्यो, १ घाईते, ३ बेपत्ता

images

इच्छाकामना न्युज

११, मंसिर २०७७
मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा पिकअप भ्यान खस्यो, १ घाईते, ३ बेपत्ता
images

मुग्लिन, ११  मंसिर । चितवनको  मुग्लिन नजिकै आज बिहान त्रिशुली नदीमा पिकअप भ्यान खसेर दुर्घटना हुदाँ तीन जना वेपत्ता भएका छन्। प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ स्थित नाग्दी खोलाबाट विहान ५ः ३० बजे करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाका अनुसार भ्यानमा चालक सहित चार जना सवार थिए। एक जना भने पौडिएर बाँच्न सफल भएका छन्।
भ्यानमा सवार प्युठानका ३८ बर्षिय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल हुनुभएको हो। रोक्काको अवस्था अहिले मध्यम रहेको र पुरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।
बेपत्ता हुनेहरुमा पौडिएर बाँच्नुभएका मुकुन्द बहादुर रोक्काका छोरी (बिरामी)  बर्ष १५ की जिनिसा रोक्का, उनकी श्रमती बर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ बर्षको सुर्य के.सी. रहेका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा खोजी कार्य जारी रहेको प्रवक्ता थापाले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - ०९:०६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology