आँबुखैरेनी, १० मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। गाउँपालिकाका वडा नं. ५ को कार्यालयले आज वडा भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा (शिरक डसना) वितरण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलको उपस्थितिमा वडाका ७० वर्ष भन्दा माथिका २० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा (शिरक डसना) वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरज श्रेष्ठले जानकारी दिएको छ।

गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको हो। कार्यक्रममा वडा नं. २, ३ र ५ का वडाध्यक्षहरु क्रमशः कटक बहादुर थापा, पुर्ण बहादुर आले र पञ्च बहादुर गुरुङ समेतको उपस्थिति रहेको थियो।