Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

स्थानीय तोप बहादुर बुढाथोकिद्वारा इच्छाकामना २ को वडा कार्यालय निर्माण गर्न निःशुल्क जग्गा दान

स्थानीय तोप बहादुर बुढाथोकिद्वारा इच्छाकामना २ को वडा कार्यालय निर्माण गर्न निःशुल्क जग्गा दान

images

इच्छाकामना न्युज

९, मंसिर २०७७
स्थानीय तोप बहादुर बुढाथोकिद्वारा इच्छाकामना २ को वडा कार्यालय निर्माण गर्न निःशुल्क जग्गा दान
images

माथिल्लो काउले, ९ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका वडा नंं २ को वडा कार्यालय भवन बनाउनका लागि जग्गा प्राप्ति भएको छ। स्थानीय तोप बहादुर बुढाथोकि मार्फत वडा कार्यालय भवन बनाउन निःशुल्क १ कठ्ठा जग्गा प्राप्ति भएको हो।
उनले वडा कार्यालय भवन बनाउनका लागि गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, वडाध्यक्ष पञ्च बहादुर चेपाङका लगायत अन्य स्थानीयहरुको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन्। स्थानीय बुढाथोकिले निःशुल्क उपलब्ध गराउने जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकि बिच आजै एक सम्झौता समेत भएको गाउँपालिकाले जानकारी दिएको छ। 
वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै सुरु गरिने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो। यस्तै जग्गा उपलब्ध गराउने दाता तोप बहादुर बुढाथोकिलाई अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गर्दै फुलमाला लगाएर सम्मान समेत गरिदिएका छन्।

125803316_1503836819827365_5739976643244966701_n.jpg

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - १६:२५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology